PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

हुम्लाको ताजाकोटको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार जैसी विजयी



पहिलोपोस्ट

हुम्लाको ताजाकोटको अध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार जैसी विजयी

हुम्लाः हुम्लाको ताजाकोट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का लालकेश जैसी विजयी भएका छन्। नेपाली कांग्रेस र माओवादीका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका जैसीले एक हजार ८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका अजमल बुढाले ९९५ मत ल्याए।

त्यस्तै, उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा एक हजार ३९२ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका रुपचन्द्र जैसीले ४७७ मत प्राप्त गरेका छन्।

पालिकाको अध्यक्षसहित पाँचवटै वडामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell