PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?



पहिलोपोस्ट

कर्णाली प्रदेशमा सात स्थानीय तहको नतिजाः कसको कति सिट?

सुर्खेतः स्थानीय तहको नेतृत्वका लागि शुक्रबार भएको मतदानको नतिजा आउने क्रम जारी छ। कर्णाली प्रदेशमा हालसम्म ७ वटा पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। पालिकामा कतै निर्विरोध त कतै निर्वाचित बनेका हुन्।

कर्णालीको डोल्पामा यसअघिनै जनप्रतिनिधि निर्विरोध चयन भइसकेका छन्। डोल्पाका चार स्थानीय तह, हुम्लामा दुई र दैलेखमा एक स्थानीय तहको नेतृत्व टुंगिएको हो।

नेकपा (एकीकृत समाजवादी) ले दुई वटा गाउँपालिकाको नेतृत्व पाएको छ। समाजवादीका तर्फबाट डोल्पाको छार्का साङतोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ र काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना निर्विरोध नेतृत्वमा पुगे।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) ले तीन वटा पालिकाको नेतृत्वमा जित हात पारेको छ।  डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नारसिङ रोकाय विजयी भएका छन्। रोकायले ७७० मत ल्याएर विजयी भए भने, उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हेमबहादुर महतराले ७४६ मत ल्याए।

दैलेखको नौमुले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी निर्वाचित भएका छन्। उनले तीन हजार २०० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भदे बुढा मगरले एक हजार ५४४ मत पाए। बुढा अघिल्लो निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। नौमुलेमा एकीकृत समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो।

हुम्लाको ताजाकोट गाउँपालिकामा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन्। नेपाली कांग्रेस र माओवादीका तर्फबाट गठबन्धनका उम्मेदवार बनेका जैसीले एक हजार ८१० मतसहित विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्या।

कांग्रेसको तर्फबाट हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कर्णबहादुर रावल विजयी भएका छन्। रावलले एक हजार ८१० मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका प्रकाशबहादुर शाहीले एक हजार १९५ मत पाए। रावल निवर्तमान अध्यक्ष हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell