PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखरा महानगरमा ४ वटा वडाको ३ हजार ५ सय मतगणना गर्दा गठबन्धनका धनराज आचार्य अगाडि



पहिलोपोस्ट

पोखरा महानगरमा ४ वटा वडाको ३ हजार ५ सय मतगणना गर्दा गठबन्धनका धनराज आचार्य अगाडि

पोखराः स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।

पोखरा महानगरको वडा नम्बर १, २, १२ र २३ को तीन हजार ५०० मत गणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले १ हजार ३४९ मत प्राप्त गरी अग्रता कायम राखेका हुन्। त्यसैगरी नेकपा (एमाले) का प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले १ हजार २५० मत ल्याएका हुन्।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले १ हजार ४५० मतसहित अग्रता बनाएका छन्। उनका प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले १ हजार ४०५ मतसहित रानाभाटलाई पछ्याइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell