PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



रासस

स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

मार्तडी : बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार भरत बहादुर रोकाया र उपाध्यक्षमा कांग्रेसकै मैना जोशी विजयी भएको स्वामीकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का चतुरभुज शाहीले एक हजार ७५७ मत प्राप्त गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमल बहादुर शाहीले ३१ मत प्राप्त गरेका छन्।

त्यस्तै, निर्वाचित उपाध्यक्ष मैना जोशीले एक हजार ८१० मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सुलोचना कुमारी भण्‍डारी बुढाले एक हजार ६३७ मत ल्याएकी छन्। त्यस्तै, माओवादी केन्द्रका सुरेश बहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिं विकले ४१ मत ल्याएका छन्।

कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए। २०७४ सालमा रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजित भएका थिए। 

स्वामीकार्तिक खापरमा एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन भएको थियो। गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए। वडा नम्बर १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा तालमेल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell