PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वीरगंजमा सरावगीभन्दा राजेशमान एक हजार ५४६ मतले अगाडि



पहिलोपोस्ट

वीरगंजमा सरावगीभन्दा राजेशमान एक हजार ५४६ मतले अगाडि

वीरगंजः वीरगंजमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता कायमै राखेका छन्। एमालेका मेयरका उम्मेदवार विजयकुमार सरावगीभन्दा एक हजार ५४६ मतले अगाडि देखिएका छन्।

वीरगंज महानगरको वडा नं १, २, ३१ र ३२ को मतगणनामा राजेशमानले दुई हजार ८३२,  एमालेका विजयकुमार सरावगीले एक हजार २८६, राप्रपाको गिरीश गिरीले ८६ मत ल्याएका छन्।

यसैगरी, उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार तथा नेपाली कांग्रेसका नेता इम्तियाज आलमले दुई हजार २५, एमाले–लोसपा गठबन्धनका उपमेयरका साझा उम्मेदवार तथा लोसपा नेता पुरुषोत्तमलाल झाले ३३१ मत पाएका छन्। राप्रपाकी उपमेयरकी उम्मेदवार विणा जैसवाल कुर्मीले १३३ र स्वतन्त्र उपमेयरकी उम्मेदवार रम्भा मिश्रले २०२ मत पाएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell