PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

काठमाडौँ महानगरपालिकामा बालेनले आफ्नो अग्रता दोब्बर बनाए, उपप्रमुख सुनिता झन्डै चार गुणा मतले अगाडि



पहिलोपोस्ट

काठमाडौँ महानगरपालिकामा बालेनले आफ्नो अग्रता दोब्बर बनाए, उपप्रमुख सुनिता झन्डै चार गुणा मतले अगाडि

काठमाडौः राष्ट्रियसभा गृहमा भइरहेको काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै गएका छन्।

पछिल्लो मतगणना अनुसार साहले ३ हजार ४ सय १० मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ९४ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले १ हजार ६ सय २० मत प्राप्त गरेकी छिन्। त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमिले ३ सय २८ मत प्राप्त गरेका हुन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेद्वार सुनिता ढंगोलले आफ्नो अग्रता झनै बढाएकी छिन्। उनले अहिलेसम्म ३ हजार ३ सय ८४ मत प्राप्त गरेकी छिन्। गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ९ सय ९२ मत ल्याएका छन्।

अहिले काठमाडौं महानगरपालिका भित्रका ३२ वटा मध्ये वडा नम्बर १,२,३,४, ३१ र ३२ को मतगणना जारी छ। काठमाडौं महानगरपालिकामा ३ लाख मतदाता रहेकोमा ६३ प्रतिशतमत खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell