PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विराटनगरमा नागेशको अग्रता कायमै, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि



पहिलोपोस्ट

विराटनगरमा नागेशको अग्रता कायमै, उपप्रमुखमा एमालेकी शिल्पा अगाडि

विराटनगरः विराटनगर महानगरपालिकामा नेपाली काङ्ग्रेसका नागेश कोइरालाले प्रमुख पदमा आफ्नो अग्रता कायमै राखेका छन्। महानगरको जारी मतगणनाको पछिल्लो घोषित परिणाममा कोइरालाले ९३१ मतले अग्रता हासिल गरेका हुन्।

जसअनुसार कोइरालाले तीन हजार २७८ मत ल्याउँदा नेकपा (एमाले) का सागर थापाले दुई हजार ३४७ मत प्राप्त गरेका छन्।

त्यस्तै प्रमुखका स्वतन्त्र उम्मेदवार उमेश यादवले १ हजार १७९ मत हासिल गरेका छन्।

महानगरको उपप्रमुख पदमा एमालेका शिल्पा निराला कार्कीले आफ्नो अग्रता कायमै राखेकी छन्।

कार्कीको हालसम्मको मत २ हजार ७०६ छ। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट जसपाका अमरेन्द्र यादवले एक हजार ७९९ मत हासिल गरेका छन्।

उपप्रमुखमै राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ७७३ मत प्राप्त गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell