PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

काठमाडौँ १ मा वडाध्यक्ष एमालेले जित्दा मेयरमा स्थापितलाई आधामात्रै मत



पहिलोपोस्ट

काठमाडौँ १ मा वडाध्यक्ष एमालेले जित्दा मेयरमा स्थापितलाई आधामात्रै मत

काठमाडौँः काठमाडौँ महानगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका भरतलाल श्रेष्ठ निर्वाचित भएका छन्। कांग्रेसका किरण श्रेष्ठलाई पराजित गर्दै भरत निर्वाचित भएका हुन्। भरत यसअधिका वडाध्यक्ष पनि हुन्। 

भरतले ६२२ मत पाएका छन्। कांग्रेस उम्मेदवार किरणले ५९८ मत पाए। प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठले ४४१ मत पाए। 

वडा नम्बर १ मा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ७८३ मत पाएका छन्। यस्तै, कांग्रेसकी सृजना सिंहले ४५२ र एमालेका केशव स्थापितले ३६५ मत पाएका छन्। 

स्वतन्त्र उम्मेदवार सुमन सायमिले २१० र राप्रपाका मदनदास श्रेष्ठले १०६ मत पाएका छन्। 

वडामा एमाले उम्मेदवार विजयी भए पनि मेयरका एमाले उम्मेदवार स्थापितले करिब आधामात्र मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell