PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

भरतपुरमा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा



पहिलोपोस्ट

भरतपुरमा रेनु र विजयबीच रोचक प्रतिस्पर्धा

चितवनः भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका प्रत्यासीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनका उम्मेदवार रेनु दाहाल र एमालेका विजय सुवेदीबीच झिनो मतान्तरमात्र छ।

सात हजार ६१ मतगणना हुँदा दाहालले दुई हजार ५४९ मत पाएकी छिन्। यस्तै सुवेदीले दुई हजार ५३० मत प्राप्त गरेका छन्।

मेयरका उम्मेदवार जगन्नाथ पौडेलले ८३० मत पाएका छन्।

उपमेयरमा चित्रसेन अधिकारीले दुई हजार ७६९ र हिमला गुरुङले एक हजार ९७५ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell