PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

गुल्मीको चन्द्रकोटमा गठबन्धनका उम्मेदवार विजयी



पहिलोपोस्ट

गुल्मीको चन्द्रकोटमा गठबन्धनका उम्मेदवार विजयी

बुटवलः गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का युवराज केसी विजयी भएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका विष्णु भण्डारी विजयी भएका छन्।

माओवादी केन्द्रका केसीले पाँच हजार ७०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका चेतन बस्नेतले तीन हजार २४७ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा कांग्रेसका भण्डारीले पाँच हजार १६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेकी राधिका अर्यालले तीन हजार ८१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell