PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

वेस्टहम र सिटीको बराबरी, टोटेनहमको कठिन जित



पहिलोपोस्ट

वेस्टहम र सिटीको बराबरी, टोटेनहमको कठिन जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा वेस्टहम युनाइटेड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन्। लण्डन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीमाथि पुनरागमन दुई गोल गर्दै सिटीले खेल २-२ को बराबरी खेलेको हो।

खेलको २४ औं मिनेटमा जेरोड बोवेनको गोलमा अग्रता बनाएको वेस्टहमका लागि दोस्रो गोल पनि वोवेनले नै ४५ औं मिनेटमा गरेका थिए। पहिलो हाफमा घरेलु टोली दुई गोलले अघि रह्यो। दोस्रो हाफमा ज्याक ग्रिलिसले म्यानचेस्टर सिटीको खाता खोले। उनले ४९ औं मिनेटमा गोल गर्दा वेस्टहमका भ्लादिमिर कोउफलले ६९ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे। त्यसपछि ८६ औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा सिटीका रियाद महरेज चुकेका थिए। र, खेल २-२ को बराबरीमा रोकियो।

गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले बर्नलीमाथि १-० को कठिन जित निकाल्यो। टोटेनहमको जितमा ह्यारी केनले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै निर्णायक गोल गरे।

जितसँगै टोटेनहम ३७ खेलबाट ६८ अंक जोड्दै शीर्षचारमा उक्लिएको छ भने बराबरीमा शीर्षस्थानमा रहेको सिटीमाथि दवाब बढाएको छ। सिटीले ३७ खेलबाट ९० अंक बनाएको छ भने दोस्रो स्थानको लिभरलपुलले ३६ खेलबाट ८६ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell