PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा विजयी



पहिलोपोस्ट

भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका लामा विजयी

हेटौँडा: मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा विजयी भएका छन्। उनले पाँच दलीय गठवन्नधको तर्फबाट माओवादीका अध्यक्ष उम्मेद्वार बद्रीबहादुर स्याङ्तानलाई पराजित गरेका हुन्।

लामाले कूल ५ हजार ५ सय ९१ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी स्याङ्तानले ५२०९ मत प्राप्त गरे। उपाध्यक्षमा भने गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ५३१५ मत प्राप्त गरे। उनले एमालेकी पार्वती रानालाई १६ मतान्तरले पराजित गरेका छन्। लामा भीमफेदीका निवर्तमान अध्यक्ष समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell