PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

इन्द्रसरोवर गाउँपालिकामा एमालेका पुडासैनी विजयी



पहिलोपोस्ट

इन्द्रसरोवर गाउँपालिकामा एमालेका पुडासैनी विजयी

हेटौँडा: मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। इन्द्रसरोवर गाउँपालिकामा एमालेका देवकृष्ण पुडासैनी बिजयी भएका हुन्। इन्द्रसरोबर गाउँपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेका उम्मेदवार विजयी भएकी छन्।

इन्द्रसरोबारको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर जित हात पारे। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका विश्व लामा ३ हजार ४७२ मत पाएर पराजित भए। निवर्तमान अध्यक्ष समेत रहेका एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याए।

उपाध्यक्षमा पनि एमालेकै उमाकुमारी लामाले जित हासिल गरिन्। उनले ३ हजार ७२५ मत पाइन्। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याएर हार ब्यहोरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell