PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी



पहिलोपोस्ट

पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी

बुटवल: पाल्पाको पूर्वखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नुनबहादुर थापाको प्यानल नै विजयी भएको छ।

थापाले सत्ता गठबन्धनको नेतृत्व गरेका नेकपा एसका मिनप्रसाद गिरीलाई चार हजार ७८२ मतान्तरले पराजित गरेका हुन्। थापाले छ हजार ३९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी गिरीले एक हजार २५७ मत पाएका छन्।

त्यस्तै उपाध्यक्षमा एमालेकी भागिरथी भट्टराई पाँच हजार ८९४ मतसहित विजयी भएकी छन्। भने, कांग्रेसकी विष्णुकुमारी आचार्यले दुई हजार २५० मत ल्याइन्।

पूर्वखोला गाउँपालिकामा ६ वडा र सबै सदस्यमा एमालेले जित हात पारेको छ। वडा नम्बर १ मा गिरिमान आले, वडा नम्बर २ मा निरबहादुर सारु, वडा नम्बर ३ मा कृष्णप्रसाद भट्टराई, वडा नम्बर ४ मा मेहरसिंह थापा, वडा नम्बर ५ मा विष्णुकुमार पल्ली र वडा नम्बर ६ मा धनबहादुर घर्ती विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell