PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क



पहिलोपोस्ट

नेपाल र युगाण्डा बिचको टी २० सिरिज आजबाट, खेल हेर्न लाग्ने छैन शुल्क
फाइल फोटो: क्यान

काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले आज युगाण्डसँग पाँच खेलको टी २० सिरिजको पहिलो खेल खेल्दैछ। आजबाट सुरु हुने सिरिज पहिलो खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।

नेपाली महिला टोलीले आइतवाबाट विश्व वरीयताको १९ औं स्थानमा रहेको युगाण्डासँग खेल्न लागेको हो। नेपाल र युगाण्डाबीचको पहिलो ट्वान्टी–२० खेल जेठ २ गते हुनेछ भने दोस्रो जेठ ३ गते र तेस्रो जेठ ५ गते हुनेछ। यस्तै चौथो जेठ ६ गते र अन्तिम खेल जेठ ७ गते हुनेछ।

खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् टेलिभिजन र युट्युबमा ओएसआर स्पोर्ट्सले गर्नेछ। प्रतियोगितामा मैदान प्रवेश गर्नका लागि शुल्क नराखिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

नेपाली टोली

रुबिना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु वर्मा, ज्योति पाण्डे, काजोल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, अस्मिना कर्माचार्य, संगिता राई, सबनम राई, रोमा थापा, सरिता मगर, हिरानमयी रोय, बिन्दु रावल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell