
दैलेख: दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। कांग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका हुन्।
केसीले ३ हजार ४०६ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी मल्लले ३ हजार ३३६ मत ल्याएर पराजित बने। त्यस्तै, उपाध्यक्ष पदमा एमालेकै कलावती न्यौपाने विजयी भएकी छन्। उनले ३ हजार ५७७ मत ल्याउँदा नेपाली काँग्रेसकी एलिजा कुमारी थापाले ३ हजार १५२ मत ल्याएर पराजित बनिन्।
एमालेले पालिकाको अध्यक्ष र उपाध्यक्षसहित चार वटा वडा अध्यक्ष जितेको छ।