PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा संचालनमा, जजिरा एयरवेजको पहिलो उडान



वसन्तराज उप्रेती

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा संचालनमा, जजिरा एयरवेजको पहिलो उडान

काठमाडौं: गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यवसायिक रुपमा संचालनमा आएको छ। साढे सात दशकपछि संचालनमा आएको अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरेको छ।

जजिरा एयरवेज विहान ६.५५ विमानस्थलमा अवतरण गरेको थियो। यो एयरलाइन्सले साताको दुई वटा उडान गर्नेछ। 

यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडीले समेत उडान गरेको छ। निगमले भने काठमाडौ- भैरहवा उडान गरेको हो।यो व्यवसायिक उडानमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढी छ। विमानस्थलमा सोमबार बिहानै देखि चहलपहल देखिएको छ। विमानस्थलमा बिहान ६ बजेदेखि श्रम मुलुकमा जाने यात्रुको चहलपहल देखिएको हो।

अधिकांश यात्रुले कुवेत, दुवई लगायत श्रम मुलुकमा जानका लागि तुलनात्मक रुपमा थप सहज भएको जनाएका छन्।

यस अघि काठमाडौ दुवई आउजाउ गर्दै आएका सुनवल नगरपालिकाका सुरज प्रसाद खनालले भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान हुँदा थप सहज भएको उनले जानकारी दिए। 

जजिराको कोड सेयरिङ उडान मार्फत दुवई जान लागेका उनले ३५ हजार रुपैयाँ भाडादर तिरेको बताए। विमानस्थलमा नेपाल प्रहरी र नेपाली सेना दुवैको १७०/१७० जनाको दरबन्दी रहेको छ। सोमबारनै प्रधानमन्त्री शेरबहादुर देउवाले यो विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell