PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादीका गड्सिला दोहोरिए



पहिलोपोस्ट

डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादीका गड्सिला दोहोरिए

कैलाली: डोटीको बोगटान फुड्सिल गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार कमलबहादुर गड्सिला विजयी भएका छन्। नेकपा एमालेका उम्मेद्वार हस्तबहादुर बुढालाई पछि पार्दै २ हजार ५४ मत ल्याएर गड्सिला दोस्रो पटक विजयी भएका हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेका टेकबहादुर बमलाई पराजित गरी विजयी भएका थिए।

गड्सिलाका निकटतम प्रतिद्वन्द्वी बुढाले २ हजार २४ मत ल्याए। तेस्रो भएका नेपाली काँग्रेसका उम्मेदवार डिलबहादुर बमले १ हजार ९ सय ३४ मत ल्याए। उपाध्यक्षमा भने २ हजार ६३ मत ल्याएर नेपाली काँग्रेसकी उम्मेदवार विस्ना देउवा बम विजयी भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेद वर ज्ञानु मल्ल बमले १ हजार ९ सय ९१ मत ल्याइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell