PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी



पहिलोपोस्ट

कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ। पालिका अध्यक्षमा कांग्रेसका मिनबहादुर गुरुङले ७ हजार ९९ मत ल्याउँदै विजयी हुँदा एमालेका मिनबहादुरले विक्रमले ६ हजार ६१७ मत ल्याएका छन्।

यस्तै उपाध्यक्ष पदमा पनि कांग्रेसले नै जित निकालेको छ। कांग्रेसकी सीता अधिकारीले ६ हजार ३७६ मतसहित विजयी हुँदा एमालेकी सीता तिवारीले ५ हजार ९५१ मत ल्याएकी छन्।

आइतबार राती सकिएको अन्तिम मतपरीणाम अनुसार पालिकाका ९ वटा वडामध्ये ७ वटा वडामा जित निकालेको छ। वडा १, २, ३, ४, ५, ८ र ९ वडामा कांग्रेसले जित्दा वडा ६ मा एमाले र ७ मा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भएका छन्।

वडा १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारायण पौडेल, ६ मा टेकनाथ गौतम ( एमाले), ७ बैकुण्ठप्रसाद भण्डारी ( माओवादी केन्द्र), ८ राम गुरुङ र वडा नम्बर ९ मा हरिबहादुर क्षेत्री वडाध्यक्षमा विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell