
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नयाँ दिल्लीबाट नेपालका लागि प्रस्थान गरेका छन्। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने कार्यक्रमा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा आउन लागेका हुन्।
मोदी बिहान १०:४० बजे लुम्बिनी पुग्नेछन्। बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे भूमि पूजामा सहभागी हुनेन्।
दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ। खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।
दिउँसो १२:४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबिच छलफल हुनेछ।
यस्तै, दिउँसो १:३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ।
दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ।