PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता, उपप्रमुखमा एमाले अघि



पहिलोपोस्ट

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता, उपप्रमुखमा एमाले अघि

काठमाडौं : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ।

पछिल्लो विवरण अनुसार कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएका छन्। उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएका छन्।

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म वडा १ को मात्रै परिणाम आएको छ। वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन्। शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो। हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell