PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिता ४ हजार मतअन्तरले अगाडि



पहिलोपोस्ट

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायमै, उपप्रमुखमा सुनिता ४ हजार मतअन्तरले अगाडि

काठमाडौः महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो  मतपरिणाम अनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बलेन) ले ५ हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका हुन्। 

नेकपा एमालेका केशव स्थापितले २ हजार ९९२ र नेपाली कांग्रेसका सिर्जना सिंहले २ हजार ६९२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। एमालेको तर्फबाट उपप्रमुख पदको उम्मेदवार सुनिता डङ्गोलले ५ हजार ८९६, नेकपा एकीकृत समाजवादी का रामेश्वर श्रेष्ठले १ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ। हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ। अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ।

वडा नम्बर १ को मतपरिणाम आइतबारनै सार्वजनिक भइसकेको छ। मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell