
जनकपुरधामः धनुषाको धनौजी गाउँपालिका र नगराइन नगरपालिकामामा मतगणना स्थगित गरिएको छ। दुई पालिमा खसेको मत भन्दा बढी मतपत्र बाहिरिएपछि दुवै पालिकामा मतगणना स्थगित गरिएको हो।
धनौजी गाउँपालिका वैशाख ३० गते मतदानको दिन मतखसेपछि मतदान अधिकृतले फिल्डबाट पठाएको रिपोर्टभन्दा १५ मत बढी फेला परेपछि विवाद उत्पन्न भएको थियो। धनौजी स्थित मतगणना स्थल बाहिर विवादले उग्र रूप लिएपछि प्रहरीले भने अवस्थालाई नियन्त्रणमा लिनका लागि हवाई फायर समेत गरेको छ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि २५ राउन्ड हवाई फायर र एक राउन्ड अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। धनौजीको मतगणना स्थललाई सामान्य बनाउनका लागि अहिले त्यहाँ नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचन अधिकृत पोषराज खनालका अनुसार मतपेटिकामा भनिएको भन्दा १५ वटा मत बढी फेला परेको भन्दै उम्मेदवार तथा प्रतिनिधिहरूले हो-हल्ला गरेका थिए।
उनले भने, ‘मतपेटिकामा मत खसेको भन्दा बढी बढी मत फेला परेको छ। निर्वाचन सम्बन्धी ऐनले मतपेटिकामा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहे पनि यसलाई बेवास्ता गरेपछि विवाद हुँदा मतगणना स्थगित छ।’
धनौजी २ मा १ हजार ६९४ मत हुनुपर्नेमा त्यसभन्दा बढी मत मतपेटिकामा फेला परेको हो। पछिल्लो मत परिणाम अनुसार सो पालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजकुमार साह १५१४ मत सहित पहिलो स्थानमा रहेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका देवेन्द्र झा १ हजार मत सहित दोस्रो स्थानमा रहेका छन्।
सो पालिकामा लोसपा, एमाले सहितका दलहरू आन्दोलित भएको छ। स्थानीयका अनुसार मतगणना स्थलबाहिर समेत मतपत्र फालिएको अवस्थामा फेला परेको छ।
यता नगराइन नगरपालिकामा लोसपा, एमाले लगायतका दलले पुनः मतगणनाको माग गरेपछि मतगणना