PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

निवर्तमान अध्यक्षलाई पराजित गर्दै लालझाडीमा एमालेका राना निर्वाचित, उपाध्यक्षमा २६ वर्षीया सपना विजयी



पहिलोपोस्ट

निवर्तमान अध्यक्षलाई पराजित गर्दै लालझाडीमा एमालेका राना निर्वाचित, उपाध्यक्षमा २६ वर्षीया सपना विजयी

काठमाडौं : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल राना चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मदनसेन बडायकले दुई हजार ८५८ मत प्राप्त गरेका थिए। यसअघिको निर्वाचनमा माओवादबाट बडायक गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएका थिए।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)कै उम्मेदवार सपना चौधरी राना निर्वाचित भएकी छिन्। उनले तीन हजार ५६१ मत प्राप्त गर्दा उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राधा रानाले तीन हजार ४९३ मत पाएका थिए।

६ वडा रहेको लालझाडीमा कुल एघार हजार ३३५ मत खसेको थियो। उक्त पालिका राना थारु समुदायको बाहुल्यता भएको क्षेत्र पनि हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell