PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भीमदत्त नगरपालिकामा सुरु हुन सकेन मतगणना



पहिलोपोस्ट

भीमदत्त नगरपालिकामा सुरु हुन सकेन मतगणना

काठमाडौं : कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि मतगणना सुरु हुन सकेको छैन। मत गणनामा धाँधली भएको आरोपसहित नेपाली कांग्रेसबाहेकका दलहरु विरोधमा उत्रिएपछि मतगणना रोकिएको हो। उनीहरुले भीमदत्त-२ मा भइरहेको मतगण्नामा विषयलाई लिएर पुनः निर्वाचनको माग गरिरहेका छन्।

भीमदत्त नगरपालिकामा कांग्रेसका उम्मेदवार पदम बोगटी र उपप्रमुखका उम्मेदवार निलम जोशी लेखकले सुरुवातदेखि अग्रता लिएका छन्।

त्यसैगरी यहाँको बेदकोट, दोधारा चाँदनी, कृष्णपुर नगरपालिकालगायतका पालिकाका कांग्रेसको अग्रता छ भने बेलौरीमा माओवादी र शुक्लाफाँटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। ९ वटा पालिका रहेको जिल्लामा भीमदत्तबाहेकका पालिकामा मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell