PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एमाले अध्यक्ष ओलीको जन्म थलो आठराई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिलकुमार विजयी



पहिलोपोस्ट

एमाले अध्यक्ष ओलीको जन्म थलो आठराई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिलकुमार विजयी

काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।

आठराई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिलकुमार पाहीम विजयी भएका हुन्। उनले ४ हजार ६ सय ९२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत ल्याएर दोस्रो भएका छन्।

त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार ज्ञानेन्द्र कन्दङवाले  ४० मत ल्याएका हुन्। अध्यक्ष ओली तेह्रथुमको आठराईमा जन्मिएर झापा बसाई आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell