
काठमाडौंः पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन्।
आठराई गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार दिलकुमार पाहीम विजयी भएका हुन्। उनले ४ हजार ६ सय ९२ मत ल्याएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत ल्याएर दोस्रो भएका छन्।
त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार ज्ञानेन्द्र कन्दङवाले ४० मत ल्याएका हुन्। अध्यक्ष ओली तेह्रथुमको आठराईमा जन्मिएर झापा बसाई आएका थिए।