PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दूधपोखरीमा दोहोरियो कांग्रेस, अध्यक्षमा धनप्रसाद गुरुङ निर्वाचित



पहिलोपोस्ट

दूधपोखरीमा दोहोरियो कांग्रेस, अध्यक्षमा धनप्रसाद गुरुङ निर्वाचित

काठमाडौं : दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन्। उनले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका तेजबहादुरले दुई हजार २४ मत प्राप्त गरेका छन्।

त्यस्तै,  उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी भएका छन्। उनले दुई हजार ५६८ मत प्राप्त गर्दा एमालेका कृष्णमाया गुरुङले एक हजार ७७४ मत प्राप्त गरिन्।

त्यस्तै, पालिकामा ६ वडा रहेकोमध्ये गठबन्धनले चार जितेको छ। त्यस्तै, एक वडा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं ६ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा कांग्रेसका मनिष गुरुङ विजयी भएका छन्। वडा नं ५ को वडाध्यक्षमा नेकपा एमालेका दलबहादुर गुरुङ, वडा नं ४ मा कांग्रेसका ओमबहादुर गुरुङ, वडा नं ३ मा स्वतन्त्र उम्मेदावर श्याम गुरुङले विजयी भएका छन्।

वडा नं २ मा माओवादीका अमर गुरुङ र  वडा नं १ मा कांग्रेसका दुर्गामान गुरुङ विजयी भएका छन्।

यसअघिको निर्वाचनमा समेत कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो। यस गाउँपालिकामा आठ हजार ८८८ कुल मतदाता रहेकोमा पाँच हजार ७२६ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell