PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फेरि भक्तपुरमा 'क्लिन स्विप'को तयारीमा नेमकिपा, प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरले सुनिल अघि



पहिलोपोस्ट

फेरि भक्तपुरमा 'क्लिन स्विप'को तयारीमा नेमकिपा, प्रतिद्वन्द्वीभन्दा २४ हजार मतान्तरले सुनिल अघि

काठमाडौं : भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले यसपटकको स्थानीय तह निर्वाचनमा पनि ‘क्लिन स्विप’ गर्ने देखिएको छ।

२०७४ सालको निर्वाचनमा १० वटै वडामा जितेको नेमकिपाले यसपटक ८ वटा वडामा जितिसकेको छ। हाल वडा ९ र १० को मतगणना भइरहेको छ।

नेमकिपाबाट नगरप्रमुख उम्मेदवार सुनील प्रजापतिले २७ हजार ६६९ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत पाएका छन्। नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ तथा नेकपा माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ३९५ र स्वतन्त्र तर्फबाट सत्यराम त्वायनाले २ हजार २५४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेमकिपाका रजनी जोशीले २८ हजार ११०, गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका ओमचरण अमात्यले १ हजार ९१६, नेकपा माओवादी केन्द्रका इन्द्रमाया सुवालले ८१८, नेकपा एमालेका रञ्जना चापागाई खर्बुजाले २ हजार ७२४ मत प्राप्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell