PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नरेन्द्र मोदी पुगे लुम्बिनी, देउवासँगै मायादेवी मन्दिरमा दर्शन



पहिलोपोस्ट

नरेन्द्र मोदी पुगे लुम्बिनी, देउवासँगै मायादेवी मन्दिरमा दर्शन

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुगेका छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका हुन्।

हाल मोदीसँगै देउवा बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डल मायादेवी मन्दिरको दर्शन गरेका छन्।

मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ। खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।

दिउँसो १२:४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबिच छलफल हुनेछ।

यस्तै, दिउँसो १:३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ।

दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell