PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज र नर्मदा विजयी



पहिलोपोस्ट

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेका टेकराज र नर्मदा विजयी
Photo : Gautam Jagrit

काठमाडौं : अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै अध्यक्षमा एमालेका टेकराज न्यौपाने र उपाध्यक्षमा नर्मदा पौडेल विजयी भएका छन्।

अध्यक्षमा न्यौपानेले कांग्रेसका अच्युत गौतमलाई ७२१ मतान्तरले पराजित गरेका छन्। न्यौपानेले ७ हजार ७४९ मत ल्याउँदा गौतमले ७ हजार २८ मत पाए। गौतम २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट पाणिनि गाउँपालिका अध्यक्षमा एक्लै विजयी भएका थिए। उनले आफू पुनः दोहोरिन माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एकीकृत समाजवादीसँग मिलेर चुनावी मैदानमा भिडेका थिए।

त्यसैगरी, उपाध्यक्षमा एमालेकी पौडेलले कांग्रेसकी गौतमलाई ६ सय २३ मतान्तरले पराजित गरिन्। पौडेलले ७ हजार ६६१ र गौतमले ७ हजार ३८ मत ल्याइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell