PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

काठमाडौंमा कांग्रेसले खोल्यो खाता : दक्षिणकालीमा दोहोरिए मोहन र बसन्ती



पहिलोपोस्ट

काठमाडौंमा कांग्रेसले खोल्यो खाता : दक्षिणकालीमा दोहोरिए मोहन र बसन्ती
तस्विर : बिशाल वाईबा तामाङ

काठमाडौं : दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन्। ७ हजार २०१ मत ल्याउँदै उनी नगर प्रमुखमा निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यभन्दा २००९ मत बढी ल्याएका हुन्।

दक्षिकालीका बस्नेत यसअघि पनि कांग्रेसबाटै जित निकालेर मेयर रहिसकेका व्यक्ति हुन्।

श्रीराम आचार्यले ५ हजार १९२ मत ल्याएका छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानभक्त अमात्यले ७९४ मत ल्याएका छन्।

यस्तै, दक्षिणकाली नगरको उपप्रमुखमा पनि कांग्रेसकै बसन्ती डंगोल तामाङ विजयी भएकी छन्। उनी पनि यस अघि दक्षिणकाली नगरापलिकाका उप प्रमुख थिइन्। उनले ७ हजार ६२३ मत ल्याइन्। उनका प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले ४ हजार ८३० मत पाएकी छिन्।

नगरको ९ वटा वडामा ६ वटा कांग्रेसले जितेको छ। तीन वटामा एमालेले जितेको छ।

वडा १ मा एमालेका जय थापामगर, वडा २ मा कांग्रेसकै रामचन्द्र क्षेत्री, वडा ३ मा एमालेका प्रचण्डमान सिंह बस्नेत र वडा ४ मा कांग्रेसका पुष्कार खड्का निर्वाचित भएका छन्।

यस्तै, वडा ५ मा कांग्रेसका श्यामबहादुर क्षेत्री, वडा ६ मा कांग्रेसकै शैलेश मान मानन्धर, वडा ७ मा एमालेका हरिप्रसाद तिमल्सेना, वडा ८ मा योस कुमार वाइवा र  वडा ९ मा कांग्रेसका अमृका बलामी निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell