PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

औपचारिकता पाएको पछिल्लो मतपरिणाम यस्तो : पहिलोमा कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी



पहिलोपोस्ट

औपचारिकता पाएको पछिल्लो मतपरिणाम यस्तो : पहिलोमा कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी

काठमाडौं : देशका विभिन्न स्थानीय तह भइरहेको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार प्रमुखमा ५ वटा र अध्यक्षमा ४० वटामा जित हासिल गरेर नेपाली कांग्रेसले पहिलो स्थानमा रहेको छ। त्यस्तै दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले प्रमुखमा ३ र अध्यक्षामा ३३ पालिकाको नेतृत्व जितेको छ।

तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। प्रमुखमा १ र अध्यक्षमा २० वटा सित जितेको छ माओवादीले। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्षमा २ सिट जितेको छ।

त्यस्तै, अहिलेसम्मको मतगणना अनुसार नेपाली कांग्रेस नै धेरै स्थानमा अग्रता कायम गरेको छ। कांग्रेसले प्रमुखमा ९० स्थान र अध्यक्षमा १ सय १५ स्थानमा अग्रता कायम गरेको छ। एमालेले प्रमुखमा ५५  र अध्यक्षमा ६९ स्थानमा अग्रता राखेको छ। माओवादी केन्द्रले प्रमुखमा २१ र अध्यक्षामा ५१ स्थानमा लिड गरिरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

उपप्रमुख नेकपा एमाले अगाडि देखिएको छ। एमालेले ४ वटा उपप्रमुख जितेको छ। नेपाली कांग्रेसले ३ ठाउँमा जितेको छ। माओवादी केन्द्रले भने उपप्रमुखमा २ सिट जितेको छ। त्यस्तै उपाध्यक्षमा भने नेपाली कांग्रेसले सबैभन्दा धेरै ४६ ठाउँमा जितेको छ। एमालेले भने २४ स्थानीय तहमा उपाध्यक्षमा जितेको छ। उता माओवादी केन्द्रले भने १४ उपाध्यक्षमा जितेको हो।

वडा अध्यक्षमा नेपाली कांग्रेस ९ सय ९२, एमाले ७ सय ७०, माओवादी ४ सय ३१ र एकीकृत समाजवादी ६२ स्थानमा जितेको छ। अग्रताको हिसाबले पनि नेपाली कांग्रेस नै अगाडि देखिएको छ। महिला सदस्यमा पनि नेपाली कांग्रेस नै अगाडि छ। ९ सय ८१ मा कांग्रेसले जित्दा एमालेले भने ८ सय ३० स्थानमा जितेको आयोगले जानकारी दिएको छ। माओवादी केन्द्रले भने महिला सदस्यमा ४ सय ९ स्थानमा जितेको छ। एकीकृत सामाजवादीले ६७ स्थानमा जितेको छ।

अहिलेसम्मको मतपरिणाम अनुसार दलित महिला सदस्य र  सदस्य पदमा पनि नेपाली कांग्रेसले नै बढी सिटमा विजयी हासिल गरेको देखिएको छ। महिला दलित सदस्यमा ९ सय ५१ सिट जितेको छ। एमालले ले ८ सय १७ स्थानमा जितेको देखिन्छ। माओवादीले  ४ सय ३७ र एकीकृत समाजवादीले  ६९ स्थानमा जितेको हो। अग्रताको आधारमा पनि नेपाली कांग्रेस पहिलो, दोस्रो एमाले र तेस्रोमा माओवादी देखिएको छ।

सदस्यमा १९ सय ५१ ठाउँमा कांग्रेसले जितेको छ। एमालेले भने १६ सय ८१ ठाउँमा बाजी मारेको छ। माओवादी र समाजवादीले क्रमश: ७ सय ६० र  १ सय ४५ रहेको छ। अग्रतामा पनि नेपाली कांग्रस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell