PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु



पहिलोपोस्ट

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

गोकुलेश्वरबाट पनेबाँज तर्फ आउँदै गरेको म १ ज २७७ नम्बरको हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा चालक २३ वर्षीय प्रकाशसिंह धामी तथा २२ वर्षीय नविनसिंह धामी र १९ वर्षीय हरिसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृतक ग्वानीका स्थानीय हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell