PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

लुम्बिनीमा मायादेवी मन्दिरको दर्शनमा देउवा र मोदी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका हुन्।

मोदीसँगै देउवा पनि बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डलले मायादेवी मन्दिरको दर्शन गरेका छन्।

मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने छन्।

तस्बिरहरु : परराष्ट्र मन्त्रालय।



ट्रेन्डिङ पोस्ट

Ncell