PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

स्थापितभन्दा २८७५ मत बढी ल्याउँदै बालेनको अग्रता, सुमनले कटाए ५०० को आंकडा



पहिलोपोस्ट

स्थापितभन्दा २८७५ मत बढी ल्याउँदै बालेनको अग्रता, सुमनले कटाए ५०० को आंकडा

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्।

उनले हालसम्म ६ हजार १६ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार १४१ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले २ हजार ६८१ मत पाएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ५५३ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले ५३८ मत पाएका छन्।

काठमाडौं महानगरको ३२ वडा मध्ये दुईवटामा एमालेले जित हासिल गरिसकेको छ। बांकी ३० वटा वडामा वडा ३, ४,५, ३१ र ३२ मा मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell