PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता



पहिलोपोस्ट

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

बुटवल : बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एमाले)का उम्मेदवारको अग्रता रहेको छ।

मेयरमा कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले पाँच हजार ५५५ मत ल्याएका छन् भने एमालेका उम्मेदवार बाबुराम भट्टराईले तीन हजार ७४१ मत प्राप्त गरेका छन्। राप्रपाका मृगेन्द्र कुमार शेरचनले एक हजार ४०५ मत पाएका छन्।

यसैगरी, उपमेयरमा एमालेकी सावित्रा देवि अर्यालले चार हजार २५७ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङले तीन हजार १४० मत र राप्रपाकी भगवती पाण्डेले एक हजार ८०८ मत प्राप्त गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell