PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

काठमाडौंमा सुनिता डंगोलको अग्रता कायमै, रामेश्वरलाई बिनिताको टक्कर



पहिलोपोस्ट

काठमाडौंमा सुनिता डंगोलको अग्रता कायमै, रामेश्वरलाई बिनिताको टक्कर

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्।

आज मध्यान्ह जारी परिणाम अनुसार राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा सुनिताले ६ हजार १७३ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीले १ हजार ६९० मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले १ हजार ३१४ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६०४ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell