PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर



पहिलोपोस्ट

धनौजी गाउँपालिकाको मतगणनाका क्रममा विवाद : ८ प्रहरी घाइते, ३१ राउण्ड हवाई फायर

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिका वडा नम्बर १ को मतगणना स्थलमा विवादपछि झडप हुँदा ६ जना नेपाल प्रहरी र दुई जना म्यादी गरी ८ जना घाइते भएका छन्।

मतगणना जारी रहेको बेला खसेको मतभन्दा करिब १५ वटा मतपत्र बढ़ी भेटिएको भन्दै विभिन्न दलका नेता कार्यकर्ताहरुले गरेको विरोधले उग्र रूप लिन थालेपछि स्थिति नियन्त्रणमा लिने क्रममा ८ जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय धनौजीका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

डीएसपी रायका अनुसार प्रहरीले उत्पन्न विवादलाई नियन्त्रणमा लिन ३१ राउण्ड हवाई फायर समेत गरेको छ।

धनौजी गाउँपालिकाको मतगणना स्थगित भएको छ भने मतगणना पुनः सञ्चालन गर्न छलफल गर्ने प्रयास जारी रहेको डीएसपी रायले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell