PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

आठ गुणा बढी मत ल्याएर भक्तपुरमा सुनिल प्रजापति फेरि चुनिए मेयर, नेमकिपालाई जनताको साथ यथावत



पहिलोपोस्ट

आठ गुणा बढी मत ल्याएर भक्तपुरमा सुनिल प्रजापति फेरि चुनिए मेयर, नेमकिपालाई जनताको साथ यथावत

काठमाडौं : भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापतिले निर्वाचित भएका छन्। प्रजापतिलेले निकटतम प्रतिद्वन्द्वी भन्दा २५ हजार ८ सय ४५ बढी मतले जित निकालेका हुन्।

२९ हजार २ सय ५२ मत ल्याएर प्रजापतिले चुनाव जित्दा कांग्रेसका रामप्रसाद कासुल ३ हजार ४ सय ५ मत ल्याएर दोस्रो भए। 

एमालेका रविन्द्र लाछिमस्यु ले २ हजार ८ सय ४१ मत ल्याए। स्वतन्त्र तर्फका उम्मेदवार सत्य राम त्वायनाले खरायो चिन्हबाट २ हजार ३ सय ९९ मत ल्याए। राप्रपाका बद्री लाखाजुले १ हजार ८१ र नेकपा (माओवादी केन्द्र)का तुल्सीभक्त सुवालले ७ सय ६१ मत ल्याए।

जनमोर्चाका रामभक्त किजुले ४ सय १०, जसपाका राजा राम ढुकुछुले १ सय २३, मौलिक जरो किलो पार्टीका कृष्ण राम प्रजापतिले ९७, नेपाल राष्ट्रिय पार्टीका गोपाल दास बनेपालीले ५० मत ल्याएका छन्।

स्वतन्त्रका अनिल लावजूले २९, राम सुन्दर धुसूले २९, निल नारायण कोजुले १३ र बल राम प्रजापतिले ९ मत ल्याए।

उपप्रमुखमा नेमकिपाकी रजनी जोशीले २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भइन्।

वडा नम्बर र १ मा नेमकिपाका श्याम कृष्ण खत्रीले २ हजार १ सय ४३ मत ल्याएर निर्वाचित भए। वडा नम्बर २ मा पनि नेमकिपाकै हरिप्रसाद बासुकलाले २ हजार ६ सय २५, वडा नम्बर ३ मा नेमकिपाका राज कृष्ण गोराले २ हजार ४ सय ४०, वडा नम्बर ४ मा ३ हजार ५ सय ६२ मत ल्याएर चुनाव जितेका छन्।

वडा नम्बर ५ मा नेमकिपाका योगेन्द्र मान बिजुक्छेंले २ हजार ७ सय ७६, वडा नम्बर ६ मा पनि नेमकिपाका हरि राम सुवालले ३ हजार २ सय २९ मत ल्याएर चुनाव जितेका छन्। यस्तै, वडा नम्बर ७ नेमकिपाकै उम्मेदवार उकेश कवांलेले ३ हजार ९ सय ६९ मत ल्याएर चुनाव जितेका छन्।

यस्तै, वडा नम्बर ८ मा कृष्ण प्रसाद कोजुले २ हजार २ सय ८०, वडा नम्बर ९ मा रविन्द्र ज्याख्वाले ४ हजार २ सय ७७ र वडा नम्बर १० मा लक्ष्मी प्रसाद हयौमिखाले २ हजार ६ सय २६ मत ल्याएर नेमकिपाबाट चुनाव जितेका छन्। भक्तपुरमा नेमकिपाका सबै उम्मेदवार विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell