PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

वीरगंजको मेयरमा राजेशमानले अग्रता कायम राख्दा वडामा जसपाले खोल्यो खाता



पहिलोपोस्ट

वीरगंजको मेयरमा राजेशमानले अग्रता कायम राख्दा वडामा जसपाले खोल्यो खाता

वीरगंज : वीरगंज महानगरमा जनता समाजवादी पार्टी ‘जसपा’ले खाता खोलेको छ। वीरगंज महानगर वडा ३२ मा जसपाका रियाज अहमद मियाँ १०९९ मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वण्द्वी नेकपा एमालेका बासुदेव यादवले ९५२ र नेपाली कांग्रेसका रामबालक महतो धानुकले ९४७ मत ल्याएका छन्।

जसपाले उक्त वडामा वडा अध्यक्षसहित चार जना वडा सदस्य पनि जितेको छ।

जसपाबाट वडाको महिला सदस्यमा रुक्साना खातुन, दलित महिला सदस्यमा पूजा देवी, खुल्ला सदस्यमा ईर्शाद अन्सारी र मोहन महतो निर्वाचित भएको वीरगंज महानगरपालिकाका मुख्य मतदान अधिकृत धर्मराज पौडेलले बताए।

अहिले वीरगंजमा वडा नम्बर १,२,३,३०,३१ को मतगण्ना जारी रहेको छ। जसमा जसपाका मेयरका उम्मेदवार राजेशमान सिंह एमालेका विजयकुमार सरावगीभन्दा २ हजार २ सय ९१ मतले अगाडि छन्।

हालसम्म सिंहले ४ हजार १७५ मत ल्याएका छन् भने सरावगीले १ हजार ८८४ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell