PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न



रिना थापा

के पोखराको मेयर उम्मेदवार कृष्ण थापालाई हराउन एमालेकै कार्यकर्ता लागेका हुन्? अडियो बाहिरिएसँगै उठ्यो प्रश्न

पोखरा : अहिले दुईवटा अडियोले पोखराको चुनावी माहोलमा थप तंरग ल्याएको छ। आजमात्र बाहिरिएको अडियोले पोखरा महानगरपालिका प्रमुखको प्रत्यासी रहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका कृष्ण थापालाई हराउन पार्टीभित्रकै कार्यकर्ता लागिपरेको तथ्य उजागर गरेको हो। जुन अडियो सार्वजनिक भएको छ त्यसको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन। तर, एमालेका नेता तथा कार्यकर्ताले अडियोलाई 'सिरियस' रुपमा लिएका छन्। त्यसले पनि अडियो संवाद 'सक्कली' हो भन्ने आधार तयार भएको छ।

गण्डकीमा एमालेका दुई समूह खुला रुपमा चिनिएकै छन् - पार्टी उप महासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारी। दुवैबिच प्रतिष्ठाको लडाइ सुरु भएको लामो अवधि भइसक्यो। अहिले पोखरामा प्रमुख प्रत्यासी छन् खगराज समुहका कृष्ण थापा। थापालाई हराउन पृथ्वीसुब्बा समुहका कार्यकर्ता लागेको अडियोले खुलासा गर्छ।

पोखरामा यसअघि कृष्ण थापाले प्रमुख पदमा टिकट पाउनु अघि नै दीपक थापाको भिडियो सार्वजनिक भएको थियो। जुन भिडियो पार्टीभित्रकै कार्यकर्ताबाट बाहिरिएको आरोप लाग्दै आएको छ। पृथ्वीसुब्बा समूहका थापाको सुन चोर्दै गरेको भनिएको भिडियो सार्वजनिक भएपछि उनको प्रमुख पदको टिकट खोसियो। अहिले त्यही कारणले पनि पृथ्वीसुब्बा समूह कृष्णलाई हराउन लागेको अधिकारी पक्षधरको आरोप छ। सार्वजनिक भएको दोस्रो अडियोमा पृथ्वीसुब्बा समुहका कार्यकर्ताले बोलेका छन्।

सार्वजनिक भएको दुईवटा अडियोमध्ये एक अडियो गण्डकी प्रदेशका सांसद राजीव पहारी सचिवालयको हो। राजीव पृथ्वीसुब्बा समूहका नेता हुन्। पहिलो १३ मिनेटको अडियोमा ती व्यक्तिले धनराज आफ्नो अंकल रहेको बताएका छन्। र चुनावमा सघाउन सिधै पैसा माग्न नमिल्ने बताएका छन्। वडा र क्लबबाट धनराजका लागि मत ल्याउनसक्ने दाबी गर्दै उनले धनराजसँग बार्गेनिङ मिलाउन पनि भनेका छन् ।

यस्तो छ अडियो संवाद

पहिलो व्यक्ति : धनराज मेरा अंकल हुन्। राजनीतिक रुपमा जे भए पनि कांग्रेससँग मिले। बोल्न पनि मिलेन। हाम्रो एउटा ग्रुप छ- सयपत्री युवा क्लब भन्ने। ठ्याक्कै भन्नुपर्दा हामी उहाँलाई सहयोग गर्छौं। दुई तीन दिन साइलेन्ट बसेर त्यसको लागि पैसा माग्नुपर्‍यो। मैले सिधै पैसा लेउ भन्न मिलेन। के छ कुरा गर्न मिल्छ।

दोस्रो व्यक्ति (सांसद राजीव सचिवालय) : व्यावसायिक हिसाबले एउटै भएको भएर, पार्टी पनि पहिले एउटै भयो। भित्रबाट हो। त्यही पनि त्यो कुरा गर्नलाई म आफैँले सक्दिन ।

पहिलो व्यक्ति : राजीव दाइले कुरा गर्दैन? बुढाले त गर्दैनन् के गर्थे र?

दोस्रो व्यक्ति : गर्नुहुन्न।

पहिलो व्यक्ति : डेढ/दुई सय मत प्रभाव पार्नसक्छु । मेरो नाम आउन हुँदैन, नत्र बर्बाद बनाउँछन्।

दोस्रो व्यक्ति : काँ मैले लिन्छु त नि दाइ। मलाई त डर छैन कारबाहीको। पीएसले गर्नुहुन्न, पद्याले गर्नुहुन्न, कास्की जिल्लाको अध्यक्ष र इन्चार्जले गर्नुहुन्न। त्यो भएपछि मलाई केही फरकै पर्दैन। अरु मान्छे भए त हामीले विषय पनि उठाउँथेनउ। अपराधीलाई पार्टीले प्रोत्साहन गरिदियो, हामी कार्यकर्ताले आची खान भएन। धेरै पहिलेदेखि ३२ सालदेखि चिनेको मान्छे हो। २१ मा डेढ दुई/सय भोट काट्छु। २४ मा २ सय काट्छ। १९ ले खुलेर हिँडे पनि सहयोग गर्दैनन्। सबैतिरबाट धनराजलाई जसरी चुनाव जिताउने भनेर लागेका छौं। कृष्ण थापालाई हराउन बेस्सरी लागेको छु। कसैले रोकेर पनि रोकिन्नँ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell