PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसका युक हां विर विजयी



पहिलोपोस्ट

मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसका युक हां विर विजयी

काठमाडौं : ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युक हां विर हांगाम (डम्बर) विजयी  भएका छन्। उनले  दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङबाङ विजयी भएका छन्। उनको निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गरेका छन्।

मेरिङदेनको ६ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेको छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell