PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका नवराज र लाल सुवा



पहिलोपोस्ट

कास्कीको रुपा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दोहोरिए एमालेका नवराज र लाल सुवा

पोखरा : कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का नवराज ओझा विजयी भएका छन्। ओझा ५ हजार ७ सय ४९ मत ल्याउँदै पुनः पालिका अध्यक्षमा दोहोरिएका हुन्।

अध्यक्षमा नेपाली कांग्रेसकी गीमाया गुरुङले ४ हजार १ सय ३७ मत ल्याएकी छिन्।

यस्तै, पालिका उपाध्यक्ष पदमा पनि एमालेकी लालसुवा गुरुङ दोहोरिएकी छिन्। उनी ५ हजार ४ सय ४५ मत ल्याउँदै निर्वाचित हुँदा कांग्रेसका नारायण कुमार श्रेष्ठले ४ हजार ३ सय ७० मत ल्याएका छन्।

त्यस्तै, पालिकामा रहेका ७ वटा वडामध्ये ६ वडामा एमालेले जित निकालेको छ। वडा १ मा रामबहादुर गोदार (कांग्रेस), २ मा राजन सुवेदी, ३ मा दीपेन्द्र गौतम, ४ मा मुकुन्द बहादुर वंशी, ५ मा राजन खनाल, ६ मा नारायण गुरुङ र ७ मा कृष्णराज सुवेदी विजयी भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell