PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

इमरान र अवंतिकाले गर्ने भए सम्बन्ध बिच्छेद



पहिलोपोस्ट

इमरान र अवंतिकाले गर्ने भए सम्बन्ध बिच्छेद
Photo : DNA India

बलिउड अभिनेता इमरान खान र अवंतिका मलिकले सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका छन्। सन् २०१९ देखि नै छुट्टै बसिरहेका उनीहरुले अहिले आएर सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका हुन्।

२०१९ यता दुवैले सम्बन्धलाई बचाउन निकै प्रयास गरेको बताइन्छ। २०१९ मे २४ मा इमरानसँग छुट्टिएर मलिक आफ्नी छोरीलाई लिएर आमाबुवाको घर गएकी थिइन्।

इमरान र अवंतिकाले सन् २०११ मा विवाह गरेका थिए। दुवैबिच लामो समयसम्म प्रेम सम्बन्ध पछि विवाह भएको थियो।

हाल इमरान बलिउडमा सक्रिय छैनन्। ‘जाने तू या जाने ना’बाट बलिउडमा डेब्यु गरेका इमरानले बाल्यकालमा अमिर खानको ‘कयामत से कयामत’मा सानो भूमिका निर्वाह गरेका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell