PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

नेपाल - भारत सम्बन्ध हिमाल जस्तै अटल, त्यत्तिकै पुरानो : भारतीय प्रधानमन्त्री मोदी



पहिलोपोस्ट

नेपाल - भारत सम्बन्ध हिमाल जस्तै अटल, त्यत्तिकै पुरानो : भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदीले भारत र नेपालको सम्बन्ध हिमालजस्तै अटल भएको बताएका छन्। लुम्बिनी भ्रमणको क्रममा आयोजित विशेष कार्यक्रममा बोल्दै उनले भने, 'भारत र नेपालको बिचको सम्बन्ध हिमाल जस्तै अटल छ र हिमाल जस्तै पुरानो छ।' 

उनले दुई देशबिचको सम्बन्धलाई हिमाल जस्तै उचाइमा पुर्‍याउनुपर्ने बताए।

'रिति रिवाज, चाडपर्व, सांस्कृतिक रुमपा हामीले हजारौँ वर्ष देखि जिएका छौँ,' उनले नेपाली भने, 'भारत र नेपालबिचको मित्रताले यस मानवीय संकल्पलाई पूरा गर्न यसैगरी मिलेर काम गरिरहने कुरामा मलाई पूर्ण विश्ववास छ।' 

उनले भौगोलिक सीमाबाट माथि उठेर बुद्ध बनेको बताउँदै बुद्ध सबैको हुनुपर्ने बताए। नेपाल सरकारलाई बुद्ध सर्किट विकासमा सहयोग गरिरहेको मोदीको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell