
काठमाडौं : सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवक निर्वाचित भएका छन्। नेकपा (माओवादी केन्द्र)का राजा बाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
निर्वाचित राजा बाबुको ४ हजार ८१ मत आएको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४१ वर्षीय हरिनन्दन प्रसाद यादवले २ हजार ३९२ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का पुरषोतम प्रसाद चौधरीले १ हजार ६३४ मत प्राप्त गरेका छन्।
राजा बाबु पूर्व सांसद शिवपुजन राय यादवका छोरा हुन्।
उक्त गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवी निर्वाचित भएकी छन्। उनी ३ हजार ५२३ मत ल्याएर विजयी हुँदा कांग्रेसकी कोशिला साहले २ हजार ६३७ मत ल्याइन्। तेस्रो स्थानमा रहेकी एमालेकी निलम यादवले १ हजार ७८७ मत प्राप्त गरेकी छन्।