11.jpg)
पोखरा : पोखरा महानगरको प्रमुख पदमा धनराज आचार्यले अग्रता कायमै गरेका छन्। १२ हजार ९७ मतगणना गर्दा धनराजले ४ हजार ८४८ ल्याएका छन् भने एमालेका कृष्ण थापाले ४ हजार ३५२ ल्याएका छन्।
केहीबेरअघि सम्म उपप्रमुखमा अग्रता लिइरहेकी मञ्जु गुरुङलाई पुन: कांग्रेसकी कोपिला रानाभाटले झिनो मतले उछिनेकी छिन्। कोपिलाले ४ हजार ९९३ ल्याउँदा मञ्जुले ४ हजार ९८० ल्याएकी छिन्।
अहिलेसम्म पोखराका ३ वडाको नतिजा
अहिलेसम्म पोखराका ३३ वडामध्ये तीन वडाको नतिजा आएको छ। वडा १,२ र १२ को नतिजा सार्वजनिक भइसकेको छ।
वडा नम्बर १ को मतपरिणाम अनुसार एमालेका साहारा प्रधान विजयी भएका छन्। वडा १ मा एमाले विजयी हुँदा वडा २ मा कांग्रेसका दिवसमान प्रधानाङ्ग प्यानलसहित निर्वाचित भएका छन्। यस्तै वडा १२ मा पनि कांग्रेसका सन्तोष बास्तोला निर्वाचित भएका छन्।