PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध, यी हुन नेपाल भारतबिच भएका ६ समझदारी



पहिलोपोस्ट

लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध, यी हुन नेपाल भारतबिच भएका ६ समझदारी

काठमाडौं : लुम्बिनी र भारतको कुशीनगरबिच भगिनी सम्बन्ध स्थापना गर्न नेपाल भारत सहमत भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा भएको द्विपक्षीय वार्ताका क्रममा दुबै पक्ष लुम्बिनी र कुशीनगरबिच भगिनी सम्बन्ध स्थापना गर्न सहमत भएका हुन्। 

साथै यसको आवश्यक प्रक्रिया पूरा गर्न सम्बन्धी स्थानीय अधिकारीहरुलाई जिम्मेवारी दिइएको छ। 

द्विपक्षीय वार्ताका क्रममा दुई देशबीच विभिन्न ६ वटा  समझदारीपत्रमा हस्ताक्षर भएका छन्। 

जसमध्ये लुम्बिनी बौद्ध विश्व विद्यालयमा डाक्टर अम्बेडकर चियर फर बुद्धिष्ट स्टडिज स्थापना गर्ने विषयमा विश्व विद्यालय र इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आईसीसीआर)बीच एमओयुमा हस्तक्षर भएको छ। 

त्यस्तै आईसीसीआर र सीएनएएस त्रिविबिच आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापनासम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालय र आईसीसीआर विश्वविद्यालयमा आईसीसीआर चेयर अफ इन्डियन स्टडिज स्थापना सम्बन्धी एमओयुमा हस्ताक्षर भएको छ। 

काठमाडौं विश्वविद्यालय र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी- मड्रास (आईआईटी-एम) बिच एमओयु र स्नातकोत्तरमा संयुक्त कार्यक्रम सञ्चालनसम्बन्धी समझदारीसम्बन्धी पत्र हस्तान्तरण भएको छ। 

त्यस्तै दुई देशबिच सतलज जलविद्युत निगम लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच अरुण चौथो परियोजना विकास तथा कार्यान्वयन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell