PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

स्थापितभन्दा ३०५१ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?



पहिलोपोस्ट

स्थापितभन्दा ३०५१ मत बढी ल्याउँदै बालेनको अग्रता, सिर्जना सिंहले कति पाइन् मत?

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रतालाई निरन्तरता दिएका छन्।

१७ हजार ८१० मत गणना हुँदा बालेनले ६ हजार ३९८ मत पाएका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ३४७ मत, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठ (सिंह) ले २ हजार ९६७ मत पाएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ५९२ मत पाउँदा स्वतन्त्र उम्मेदवार सुमन सायमिले ५७३ मत पाएका छन्।

काठमाडौं महानगरको ३२ वडा मध्ये दुईवटामा एमालेले जित हासिल गरिसकेको छ। बाँकी ३० वटा वडामा वडा ३, ४,५, ३१ र ३२ मा मतगणना जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell