PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै



पहिलोपोस्ट

काठमाडौं महानगरमा सुनिता डंगोलको फराकिलो अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रतालाई बढाएकी छिन्।

राष्ट्रिय सभागृहमा १७ हजार ८१० मत गणना हुँदा सुनिताले ६ हजार ५५७ मत पाएकी छिन्। यस्तै, सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) ले १ हजार ८५५ मत पाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बिनिता मगैयाले १ हजार ३७८ मत पाउँदा आँखी झ्याल चुनाव चिह्नमा निर्वाचन लडेकी स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले ६४० मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell